काठमाण्डौ । निभिक्स् फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कु्ल १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ साउन ७ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल, चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेल को पनि सहभागिता रहेको थियो ।
वि.सं.२०७४ सालमा स्थापना भएको निभिक्स् फर्मास्यूटिकल्सले २०८१ पुस २ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई औषधि व्यवस्था विभागबाट समेत उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको छ । कम्पनीले हाल ५६ प्रकारका औषधिहरु उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले मुख्य रुपमा मुटु रोग, मधुमेह, श्वास–प्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरुको उपचारमा प्रयोग हुने औषधिहरु उत्पादन गर्दै आइरहेको छ तथा नयाँ औषधिहरुमा अनुसन्धान तथा उत्पादन विस्तारको तयारी पनि गरिरहेको छ ।