फरवार्ड माइक्रोफाइनान्सको वित्तीय अवस्थाः नाफा ३०८ प्रतिशतले बढ्यो,लाभांश क्षमता २५.२५ प्रतिशत, ईपीएस ३०.४५ रुपैयाँ
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ३२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ३०८.७१ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म संस्थाले ७ करोड ८६ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ८ प्रतिशतले बढेको छ ।...

