सिटिजन्स बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिदमा रु.५०० छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एयरलाइन्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्सको टिकट खरिदमा एकमुस्ट रु ५०० को आकर्षक छुट पाउनेछन् ।