शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएका अधिकांश संविधानविदले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका छन् । प्रतिनिधिसभाका दुईतिहाई सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएपछि स्वतः सरकार विघटन भएपछि नयाँ सरकार गठनका लागि संविधानको कुन धारा अनुसार गर्ने भन्ने विषयमा विवाद बढ्ने...

