शुक्रबार, भाद्र ६,२०८२ 05:26:40
  • शुक्रबार, भाद्र ६,२०८२ 05:26:40
Global IME Bank Limited

स्टार्टअप तथा नव प्रवर्तन सम्बन्धी अभिमुखिकरण सम्पन्न

Hyundai Nepal
स्टार्टअप तथा नव प्रवर्तन सम्बन्धी अभिमुखिकरण सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा उद्योगी व्यवसायीहरूका लागि शुक्रबार विराटनगरमा स्टार्टअप र नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरणमा मोरङ र सुनसरी जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघका अध्यक्ष, प्रतिनिधि तथा स्थानीय तहका अधिकृतहरू सहभागिता रहेको छ ।

अभिमुखिकरणमा उद्यमशिलताको अवधारणा, उद्यमशिलताको विकास, सफल उद्यमशिलता निर्माण गर्ने, उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवापुस्ताले आर्जन गरेको नयाँ सीप, उत्साह र प्रविधिको प्रयोग गर्ने क्षमता विस्तार गरी डिजिटल उद्यमशिलताको विकास गर्ने ठुलो सम्भावना रहेको बताए । त्यसैका माध्यमबाट मुलुकमा नवप्रवर्तनको विकास गर्न सकिने उनले बताए ।

युवा वर्गलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्न सके मात्रै कोशी प्रदेश रोजगारी सिर्जना हुने मात्र नभई लगानीको बृद्धि, स्थानीय समस्याहरूको समाधान र आत्मनिर्भर प्रदेश बन्ने बताए ।

अन्तर्क्रियाका माध्यमबाट कोशी प्रदेशको अर्थतन्त्रलाई परम्परागत सीमाबाट बाहिर निकालेर विविधीकरण गर्न सहयोग पुग्ने अध्यक्ष राउतले बताए । त्यसैगरी स्थानीय समस्याको समाधान स्थानीय सोचबाट हुनसक्ने सम्भावनालाई सवै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

उनले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने वातावरण तयार गरेर कोशी प्रदेशको तीव्र गतिमा प्रगति गर्ने बताए । छलफलले स्थानीय सरकार र निजी क्षेत्र बीचको आपसी सहकार्य समेत बलियो बन्नेमा महासंघ विश्वस्त रहेको बताए ।  

कोशी प्रदेशलाई नवप्रवर्तन, उद्यमशीलता र समृद्धिको केन्द्र बनाउन अन्तरक्रिया फलदायी अवसर बनेको समेत उनले बताए ।  

महासंघले यस्तै अन्तरक्रिया मेची औधोगिक करिडोरका स्थानीय तह र उद्योग बाणिज्य संघहरूसँगको समन्वयमा मंगलबार र बुधबार झापाको विर्तामोडमा समेत सम्पन्न गरेको छ ।

स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले सहभागीहरूमाझ विषयवस्तुको बृहत सहजीकरण गर्नुभएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X