बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज दिनभर राम्रै अंकले बढेको बजार अन्त्यमा भने झिनो अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । आजको बजारलाई प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड अर्थात २७८० मा प्रतिरोध सामना गरेको छ ।क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा डोजी क्याण्डल बनेको बजारमा आज ‘ग्रेभ स्टोन डाजी’ बनेको छ । यी दुवै क्याण्डललाई अनिर्णयको...

