सक्रिय लगानीकर्ता ह्वात्तै बढ्दा सिडिएसीको सिस्टमले धानेन, बीओ टू बीओ अनिश्चितकालका लागि स्थगित
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)हरुलाई बीओ टु बीओ कार्य स्थगन गर्न निर्देशन दिएको छ । सिडिएसले हाल एक डिम्याट खाताबाट सेयर हस्तान्तरण गर्ने कार्य बीओ टु बीओ उल्लेख्य रुपमा वृद्धि हुन गएको र यसले सम्पूर्ण कार्य सञ्चालनमा प्रभाव पर्न गएकाले साउन २३ गतेबाट यो कार्य स्थगन गर्न निर्देशन दिएको छ ।

