बीमा कम्पनीमा सिटिजन लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने तीन समूहमा रातो पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक...

