सेबोनको ढोकामै प्रहरीको पहरा, अध्यक्ष अचानक विदा बसिदिएपछि गएनन् जेनजी लगानीकर्ता
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा बुधबार बिहान १० बजेदेखि प्रदर्शन गर्ने घोषणा गरेका जेनजी आन्दोलनकारी त्यहाँ जाँदै गएनन् । साढे ११ बजेसम्म पनि त्यहाँ एकजना लगानीकर्ता समेत पुगेका छैनन् । जेनजी आन्दोलनकारीहरु अन्य बेलाभन्दा आज बढी अराजक हुने योजनाको विषयमा सूचना पाएपछि प्रहरीको ठूलो समूहले भने सेबोनको गेटमै बिहान १० बज्नुअघिदेखि नै...

