राष्ट्र बैंकद्वारा दुई मनि एक्स्चेन्ज कम्पनीको इजाजतपत्र खारेज
काठमाण्डौ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाण्डौमा सञ्चालनमा रहेका दुई वटा मनि चेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ। विभागले ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रा.लि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रा.लिको इजाजतपत्र खारेज गरेको हो।