विद्युत् प्राधिकरण ८२ अर्ब नाफामा
काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरण ८ वर्षमा ८२ अर्ब रूपैयाँ नाफामा गएको छ। दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङले प्राधिकरण ८२ अर्ब रूपैयाँ नाफामा भएको जानकारी दिएका हुन्।