एक महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण, प्रत्येक नेपालीको भागमा ८३ हजारको भार
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न आउँछ ।

