काठमाण्डौमा होलीको रौनक, विदेशीसहित सर्वसाधारणको उल्लेख्य सहभागिता(फोटो फिचरसहित)
काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज देशका पहाडी,हिमाली तथा काठमाण्डौ उपत्यकामा हर्षोल्लासका साथ मनाईदैछ । आज काठमाण्डौका विभिन्न स्थानमा मानिसहरु भेला भई एक अर्कालाई रंग लगाई होली मनाईरहेका छन् । केहि दिनदेखि पानी परेकाले मौसम चिसो भएपनि मानिसहरुमा रंगहरुको पर्वप्रतिको उत्साहमा भने कुनै कमी देखिएको छैन ।

