सोमबार, असार २,२०८२ 08:04:55
  • सोमबार, असार २,२०८२ 08:04:55
Global IME Bank Limited

स्विट्जरल्याण्ड–नेपाल ‘फ्याक्ट मिशन सम्पन्न’, स्विस रि जस्ता ठूला कम्पनीहरुको सहभागीता

Hyundai Nepal
स्विट्जरल्याण्ड–नेपाल ‘फ्याक्ट मिशन सम्पन्न’, स्विस रि जस्ता ठूला कम्पनीहरुको सहभागीता
Nabil Bank Limited

काठमाण्डौ । स्विट्जरल्याण्ड दुतावासले ग्लोबल इन्टरप्राइजेज र नेपाल स्विस चेम्बर अफ कर्मस(एनएससीसीआई)सँगको सहकार्यमा दोस्रो ‘फ्याक्ट–फाइन्डिङ मिशन’ सम्पन्न गरेको छ । यो मिशन १७ मार्च देखि २० मार्चसम्म स्विट्जरल्याण्डको व्यवसायी प्रतिनिधिमण्डले गरेको नेपाल भ्रमणको अवसरमा सञ्चालन गरिएको हो ।  

मिशनको मुख्य उदेश्य स्वीस कम्पनीहरुलाई नेपाली बजार र बजारका प्रमुख सरोकारवालाहरुसँग साक्षात्कार गराउनु रहेको थियो । यसमा फेरिङ,रोचे,स्टोन स्टेप र स्विस रि जस्ता कम्पनीहरुको सहभागीता रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रतिनिधिमण्ड स्वास्थ्य मन्त्रालय,काठमाण्डौ महानगरपालिका,औषधि व्यवस्थापन विभाग,नेपाल विद्युत प्राधिकरण,राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशाला,स्वास्थ्य सेवा विभाग,विकास साझेदार,विभिन्न सार्वजनिक तथा निजी अस्पताल र कार्यालयहरुसँग उच्च तहको बैठकमा संलग्न रहेको थियो ।

यसका साथै प्रतिनिधिमण्डले स्वास्थ्य,बीमा प्रविधि र पूर्वाधार विकास जस्ता क्षेत्रमा केन्द्रीत निजी क्षेत्रका विभिन्न कम्पनीसँग समेत अन्तरक्रिया गरेको थियो ।  

उक्त अवसरमा स्विट्जरल्याण्डका राजदुत डा.ड्यानियल म्युवेलीले सन् २०२२ मा भएको पहिलो‘फ्याक्ट–फाइन्डीङ मशनको सफलताको चर्चा गरेकी थिइन् । उनले त्यसबेला नेपाल र स्विट्जरल्याण्डबीच भएको हवाई सेवा सम्झौताका बारेमा चर्चा गरिन् । उनले दोस्रो संस्करणले पनि नेपालको विकासका लागि व्यपारमा सहयोग पुग्ने यस्तै सफल नतिजा ल्यनाउनेमा आशावादी रहेको बताईन् ।  

सरकारी अधिकारी,विज्ञ ,विकास साझेदार र निजी कम्पनीहरुसँग भएको अर्थपूर्ण सम्वाद तथा छलफललाई स्विस प्रतिनिधिमण्डलले नेपालको व्यवसायिक क्षेत्र बुझ्न र लगानीका क्षेत्रहरु पहिचान गर्ने माध्यमको रुपमा ग्रहण गरेको छ ।        

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.