बुधबार, जेष्ठ ६,२०८३ 02:54:54
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:54:54
नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
TOURISM

नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड

काठमाण्डौ। पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ । मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी र कूटनीतिक समुदायका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको...

घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
ECONOMY& POLITICS

घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आसन्न निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिसम्बन्धी स्पष्ट नीति समेट्न आग्रह गरेको छ ।महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उपेक्षित हुँदा...

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि, पेट्रोल र ग्यासको यथावत्
NEWS

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि, पेट्रोल र ग्यासको यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बढेको मूल्य माघ १७ गतेको मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।मूल्य समायोजनपछि डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ , दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ।...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
NEWS

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८÷८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ ।मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन...

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै
NEWS

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै

काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये दक्ष श्रमिकको अनुपात घट्दै गएको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष श्रमिकको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम भएको छ ।विभागको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा ४ लाख २ हजार ७४ जनाले वैदेशिक...

सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
NEWS

सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी समयमै पूरा नगर्ने नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरणको आधारमा ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र निर्देशन दिएको छ। यस प्रक्रियाले कम्पनीहरूले आफ्नो पक्ष...

बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
NEWS

बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ को अवसरमा ‘सम्पत्ति शुद्धीकरण निवारण, पारदर्शिता र वित्तीय सुशासन’ भन्ने नारासहित बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा यससँग...

गोरखापत्र संस्थानमा ९१ जनाका लागि रोजगारी अवसर, नवौं तहदेखि दोस्रो तहसम्म आवेदन खुला
NEWS

गोरखापत्र संस्थानमा ९१ जनाका लागि रोजगारी अवसर, नवौं तहदेखि दोस्रो तहसम्म आवेदन खुला

काठमाण्डौ । राज्य स्वामित्वको सञ्चार संस्थान गोरखापत्र संस्थानले विभिन्न तहका ९१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले शुक्रबार सूचना प्रकाशित गर्दै नवौं तहदेखि दोस्रो तहसम्मका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय पदमा जनशक्ति माग गरेको हो।सूचनाअनुसार संस्थानले एक जना नायब कार्यकारी सम्पादकसहित नेपाली तथा अंग्रेजी समूहमा १६ जना समाचारदाता,...

आज देशका यी भागमा छ हिमपात र वर्षाको सम्भावना
NEWS

आज देशका यी भागमा छ हिमपात र वर्षाको सम्भावना

काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लागायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍(भागमा  साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ छ।

आज शहिद दिवस मनाइँदै
NEWS

आज शहिद दिवस मनाइँदै

काठमाण्डौ । आज देशभर सहिद दिवस देशभर मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।सहिद दिवस विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते मनाउने गरिएको छ । वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा...

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ: अध्यक्ष ढकाल
ECONOMY& POLITICS

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ: अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी...

अब हातमा छाता समात्नु नपर्ने, बन्यो हावामा उडेर पछ्याउने ‘स्मार्ट फ्लाइङ अम्ब्रेला’
OTHERS

अब हातमा छाता समात्नु नपर्ने, बन्यो हावामा उडेर पछ्याउने ‘स्मार्ट फ्लाइङ अम्ब्रेला’

काठमाण्डौ । तपाईंले चालकविहीन रूपमा चल्ने स्वचालित सवारी साधनको बारेमा अवश्य सुन्नु भएको होला। तर अब यो प्रविधि केवल कारसम्म सीमित छैन। हालै एक यस्तो छाता विकसित गरिएको छ, जो कुनै पनि मानवीय सहयोग बिना आफैं उड्न सक्छ। हो, यो सुन्दा अचम्म लाग्न सक्छ, तर यो पूर्ण रूपमा सत्य हो।आई बिल्ड स्टफ नामक युट्युब च्यानल सञ्चालन गर्ने एक युट्युबर–आविष्कारकले यस्तो अनौठो छाता निर्माण...

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
NEWS

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । बझाङको बित्थडचिर गाउँपालिकामा सार्वजनिक संस्थामार्फत ठूलो मात्रामा रकम दुरुपयोग भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक...

‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न
NEWS

‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । माघ १४ गते बुधबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा अवस्थीत होटेल रत्नामा ‘कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा कोषको सदस्य संस्था एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैक लिमिटेड,...

ग्रे लिस्टबाट बाहिरिन संरचनात्मक सुधार अपरिहार्य: अर्थमन्त्री खनाल
ECONOMY& POLITICS

ग्रे लिस्टबाट बाहिरिन संरचनात्मक सुधार अपरिहार्य: अर्थमन्त्री खनाल

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा आवश्यक संरचनात्मक सुधार समयमै सम्पन्न गरी नेपाललाई वित्तीय कारबाही कार्यदल(एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नु आर्थिक स्थायित्व र लगानी वातावरणका लागि अत्यावश्यक रहेको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बताएका छन् ।सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले...

पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
TOURISM

पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए)को सहकार्यमा मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सुरु भएको छ । माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुने यो तालिम हिमाली क्षेत्रमा हुने प्राविधिक तथा व्यवहारिक अभ्यासमा केन्द्रित छ ।कार्यक्रम माघ ९ गते काठमाण्डौमा ‘सफ्ट ओपनिङ’ गर्दै सुरु भएको थियो । उक्त औपचारिक कार्यक्रममा...

न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
TOURISM

न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के। जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्क मा सम्पन्न भएको हो ।नेपालका लागि अमेरिका एक महत्वपूर्ण स्रोत बजार रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार...

गणपति लघुवित्तको कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

गणपति लघुवित्तको कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय कुश्मा पर्वतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम माघ १३ गते मंगलबारका दिन कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कुश्मा पर्वतमा सम्पन्न भएको छ ।प्रमुख अतिथि वडाध्यक्षले लघुवित्त कार्यक्रमले साना सानो कर्जा लगानी गरि धेरैको जीवनमा सकारात्मक परिवर्तन गरेको र यसको बारेमा...

युवराज सफल पक्राउ
NEWS

युवराज सफल पक्राउ

काठमाण्डौ । युवराज सफल पक्राउ परेका छन् । महान्यायाधिवक्ताको कार्यालय र ​महान्यायाधिवक्ताको ​बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
NEWS

ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई स्वागत गर्दै पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X