विकास हाईड्रोपावरको नाफा १०१% ले बढ्यो, वित्त खर्च घट्यो
काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासम्म ९ करोड ६२ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ७८ हजार रुपैयाँ आर्जन गरेको थियो ।विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत १०१.४८ प्रतिशतले बढेको छ ।...

