सोमबार, भाद्र १६,२०८२ 10:53:31
  • सोमबार, भाद्र १६,२०८२ 10:53:31
Global IME Bank Limited

विकास हाईड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
विकास हाईड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  

कम्पनीको उक्त सभा असोज १० गते काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१÷८२ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले गरेका कार्य तथा निर्णयहरु अनुमोदन गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन पारित गरिनेछ ।  

सभामा कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम सर्वसाधारण समूहतर्फको ३ जना सञ्चालकको निर्वाचन गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा  सहभागी हुनका लागि योग्य हुनेछन् ।   

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.