शुक्रबार, असार २०,२०८२ 12:13:12
  • शुक्रबार, असार २०,२०८२ 12:13:12
Global IME Bank Limited

विकाश हाइड्रोपावरको आइपीओमा ४.६५ गुणा बढी आवेदन

Hyundai Nepal
विकाश हाइड्रोपावरको आइपीओमा ४.६५ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । विकाश हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्म ४.६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ११ लाख १३ हजार ५८५ जनाले आवेदन दिएका हुन् ।  

कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ९ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार ६८० कित्ताका लागि आवेदन परेको छ ।  

कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू। १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न। १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।  

आईपीओमा आम सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा असार २२ गते  र ढिलोमा असार ३२ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.