सर्वसाधारणका लागि सिटिजन्स बैंकको ३.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक सेयरधनीहरुको को नाममा रहेको ३ लाख १८ हजार ८७२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

