एक वर्षमा १.८२% ले बढ्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरण रु.४४.३५ खर्ब
काठमाण्डौ । एक वर्षमा सेयरबजार १.८२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ६ महिनासम्ममा नेप्से परिसूचक २६४१.४४ विन्दुमा कायम भएको छ ।गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २५९४.१३ विन्दुमा रहेको थियो । यस हिसाबले एक वर्षमा सेयरबजार झण्डै दुई प्रतिशतले वृद्धि भएको छ ।

