काठमाण्डौ । नेपालको सेयर बजार इतिहासामा पहिलोपटक बजार पूँजीकरण ५० खर्ब माथि पुगेको छ । नेप्से परिसूचक ३०.७६ अंकले बढेको आज बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख २ हजार ३४७ रुपैयाँ पुगेको हो ।
यो सँगै आज लगानीकर्ताहरुको सम्पत्ति ५१ अर्बले बढेको छ । अघिल्लो दिन बजार पूँजीकरण ४९ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । आज फ्लोट मार्केट क्यापिटलाइजेसन पनि १७ खर्ब माथी पुगेको छ ।
आज नेप्से परिसूचक पनि ४ वर्षकै उच्च कायम भएको छ । आज नेप्से परिसूचक विसं २०७८ साल भदौ २ गते पछिकै उच्च विन्दुमा पुगेको छ । २०७८ भदौ २ गते नेप्से परिसूचक ३ हजार १९८ विन्दु बन्द भएको थियो ।
त्यसपछि २०७८ साल भदौ १६ गते ३ हजार विन्दुबाट तल खसको बजार आज ४ वर्षपछि पहिलोपटक ३ हजार माथि बन्द भएको हो ।