मंगलवार, माघ २०,२०८२ 07:42:02
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 07:42:02
Bizshala
Global IME Bank Limited
Bizshala

पाँच महिनामा धितोपत्र बजार पूँजीकरण ६.१९% ले घट्यो, कुन समूहको कति ?

पाँच महिनामा धितोपत्र बजार पूँजीकरण ६.१९% ले घट्यो, कुन समूहको कति ?
Shivam Cement

काठमाण्डौ । चालु आवको पाँच महिनामा धितोपत्र बजार पूँजीकरण ६.१९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा कायम भएको छ ।

चालु आवको पहिलो महिनामा भने धितोपत्र बजार पूँजीकरण ४६ अर्ब ५६ अर्ब २७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । पाँच महिनासम्म आइपुग्दा अधिकांश समूहको धितोपत्र बजार पूँजीकरण हिस्सा घट्न पुगेको छ ।

सो अवधिसम्म उत्पादन तथा प्रशोधन समूह र होटल समूहको मात्रै बजार पूँजीकरण बढेको छ भने बाँकी सबै समूहको घट्न पुगेको छ ।

Bizshala
Garima Development Bank
New Office

विशेषतः सेयरबजारमा सूचीकृत कम्पनीहरुको सेयरभाउ बढ्दा र सेयर कित्ता थपिदा बजार पूँजीकरण बढ्न पुग्छ । पाँच महिनासम्म आइपुग्दा अधिकांश समूहको बजार पूँजीकरण घट्दा सेयरभाउ घटेको बुझ्न सकिन्छ ।

मंसिर महिनासम्म आइपुग्दा कतिपय समूहबाट बोनस सेयर र साधारण सेयरमार्फत उल्लेख्य कित्ता संख्या थपिदा समेत बजार पूँजीकरण भने बढ्न सकेको छैन ।

सो अवधिसम्म सबैभन्दा बजार पूँजीकरण घट्ने समूहमा अन्य समूह रहेको छ । साउन महिनामा ५ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ रहेको यो समूहको बजार पूँजीकरण मंसिर महिनासम्म आइपुग्दा १२.६० प्रतिशतले घटेर ४ खर्ब ५३ अर्ब ३८ करोड रुपैयाँमा कायम भएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

त्यस्तै, व्यापार समूहको बजार पूँजीकरण पनि ९.४० प्रतिशतले घटेको छ । यो समूहको बजार पूँजीकरण मंसिर महिनासम्ममा २ खर्ब १२ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ । साउन महिनामा भने व्यापार समूहको पूँजीकरण २ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, लगानी समूहको ९.०२ प्रतिशतले घटेर ३ खर्ब २२ अर्ब ५३ करोड, विकास बैंक समूहको ८.६४ प्रतिशतले घटेर १ खर्ब ९६ अर्ब ८९ करोड, फाइनान्स समूहको ८.४८ प्रतिशतले घटेर ७४ अर्ब ९ करोड, माइक्रोफाइनान्स समूहको ६.७७ प्रतिशतले घटेर ३ खर्ब ७० अर्ब १० करोड, हाइड्रोपावर समूहको ६.२९ प्रतिशतले घटेर ६ खर्ब ६५ अर्ब ५५ करोड, बीमा समूहको ४.४३ प्रतिशतले घटेर ६ खर्ब ११ अर्ब ६२ करोड र वाणिज्य बैंक समूहको ६.७३ प्रतिशतले घटेर १० खर्ब ४१ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.