Live Update
20 मिनेट अगाडी
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्नो हार स्वीकार गरेका छन्। उनले विजयी भएका डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।
Live Update
29 मिनेट अगाडी
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को मतगणना अन्तिम चरणमा छ । देशभरका निर्वाचन क्षेत्रका परिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् ।
यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फ १६५ मध्ये १३७ स्थानको अन्तिम मत परिणाम आइसकेको छ । परिणाम आउन बाँकी क्षेत्रको मतगणना समेत अन्तिम चरणमा छ । समानुपातिकतर्फ पनि हालसम २७ लाख बढी मतको गणना भइसकेको छ ।
Live Update
54 मिनेट अगाडी
काठमाण्डौ । गोरखा १ मा रास्वपाका उम्मेद्वार सुधन गुरूङले फेरि अग्रता लिएका छन् । तर, निकटतम प्रतिस्पर्धीसँग निकै कडा टक्कर देखिएको छ ।
ताजा मतपरिणामअनुसार गुरूङले ३९८५ मतसहित अग्रता लिएका हुन् । यसअघि भने उनी पछाडि परेका थिए ।
Live Update
1 घण्टा अगाडी
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहेको छ । यो क्रममा १३५ सिटको अन्तिम नतिजा आइसकेको छ ।
पछिल्लो अपडेटअनुसार १३५ सिटमध्ये १०४ सिटमा रास्वपाले जित हासिल गरेको छ । प्रत्यक्षतर्फ रास्वपालाई निकै ठूलो जनमत प्राप्त गरेको हो । रास्वपाका अगाडि अन्य दल निरीह देखिएका छन् ।
Live Update
1 घण्टा अगाडी
सर्लाही ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।
अघिल्ला तीन निर्वाचनमा काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहले १२ हजार ८५७ मतको अन्तरले हराएका छन्।
Loading more updates...