मंगलवार, असार १६,२०८३ 09:55:14
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:55:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्लाही–४ मा पराजित भएपछि गगन थापाले माने हार, अमरेश सिंहलाई दिए बधाई

Laxmi Sunrise Bank Limited
सर्लाही–४ मा पराजित भएपछि गगन थापाले माने हार, अमरेश सिंहलाई दिए बधाई

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्नो हार स्वीकार गरेका छन्। उनले विजयी भएका डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।

New Office
CG Motors
Garima Development Bank

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सर्लाही–४ बाट निर्वाचित भएकोमा सिंहलाई हार्दिक बधाई व्यक्त गरेका हुन्। उनले आफूलाई माया, विश्वास र मत दिने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेका छन्।

थापाले निर्वाचन परिणाम जे भए पनि क्षेत्रका जनतासँग जोडिएका समस्या समाधानका लागि आफूले सक्ने पहल निरन्तर जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले आफ्नो पहल र क्षमताभित्र रहेर सर्लाही–४ का जनताको पक्षमा काम गरिरहने बताएका छन्।

यसपटकको पराजयसँगै थापाको करिब १८ वर्ष लामो संसदीय यात्रामा विराम लागेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.