गोरखा । गोरखा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले झिनो अग्रता लिएका छन्।
हालसम्मको मत परिणाम अनुसार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत ल्याएका छन्। सुरुवाती चरणदेखि अगाडि रहेका गुरुङ अहिले ४ मतले पछि परेका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २ हजार २८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका आरसी लामिछानेले ६७५ मत पाएका छन्।

