नेटफ्लिक्सले बनायो एआईको प्रयोग गरेर शो, लागतमा ठूलो कमी
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग दिनानुदिन बढ्दै गएको छ । एआईको सिर्जना प्रयोगकर्ताको काम सजिलो बनाउन गरिएको थियो र अहिले धेरै क्षेत्रहरूमा प्रयोग भइरहेको छ। रोगहरूको अध्ययन र उपचारपछि, एआई अब फिल्म निर्माणमा समेत प्रयोग भइरहेको छ। नेटफ्लिक्सले जेनेरेटिभ एआई प्रयोग गरेर आफ्नो पहिलो शो सुरु गरेको छ ।