मंगलवार, श्रावण १२,२०८३ 03:09:25
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:09:25
Bizshala
Global IME Bank Limited

नेटफ्लिक्सले बनायो एआईको प्रयोग गरेर शो, लागतमा ठूलो कमी

नेटफ्लिक्सले बनायो एआईको प्रयोग गरेर शो, लागतमा ठूलो कमी
New Office

काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग दिनानुदिन बढ्दै गएको छ । एआईको सिर्जना प्रयोगकर्ताको काम सजिलो बनाउन गरिएको थियो र अहिले धेरै क्षेत्रहरूमा प्रयोग भइरहेको छ। रोगहरूको अध्ययन र उपचारपछि, एआई अब फिल्म निर्माणमा समेत प्रयोग भइरहेको छ।  

नेटफ्लिक्सले जेनेरेटिभ एआई प्रयोग गरेर आफ्नो पहिलो शो सुरु गरेको छ ।  

कम्पनीका सह–सीईओ टेड सारान्डोसले एआईको नतिजाबाट धेरै खुसी भएको बताएका छन् । कम्पनीले यो प्रविधिको प्रयोग अर्जेन्टिनाको एउटा साइन्स फिक्शन कमिकमा आधारित शो ‘द इटरनाट’ को लागत कम गर्न प्रयोग गरेको छ।

सारान्डोसले द इटरनाट फाइनल फुटेजमा सम्पूर्ण रुपमा एआईबाट बनेको सट्सको प्रयोग गरिएको बताए । यसमा ब्यूनस आयर्समा भवन भत्किएको अनुक्रम पनि समावेश छ। सारान्डोसका अनुसार द एटरनाट जस्ता उत्पादनका लागि एआई बिना त्यस्ता प्रभावहरू सिर्जना गर्न महँगो हुने थियो।  

सारान्डोसका विश्लेषकहरूले भीएफएक्स सिक्वेन्स पारम्परिक भीएफएक्स टुल्स तथा तरिकाको तुलनामा १० गुणा छिटो पूरा भएको थियो। क्रियटरहरु उक्र परिणामबाट धेरै नै सन्तुष्ट भएको जनाइएको छ ।  

नेटफ्लिक्सले प्राडेक्सनका लागि एआईको सहारा लिएको यो पहिलोपटक भने होइन । यसअघि सारान्डोसले रोड्रिगो प्रिएटोको फिल्म पेड्रो पारमोमा कम्पनीको एआई प्रयोगलाई हाइलाइट गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.