ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का, अनुमतिबिना उपत्यका छाड्न नपाउने
काठमाण्डौ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगको सिफारिसका आधारमा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच शीर्ष पदाधिकारीहरूको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ।आयोगले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउन सुझाव दिएपछि सरकारले राहदानी रोक्का गर्दै काठमाडौं उपत्यका बाहिर जान पनि अनुमति बिना रोक लगाउने व्यवस्था गरेको हो।