सोमबार, जेष्ठ ४,२०८३ 02:05:31
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:05:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारकै योजनामा 'केपी ओली अरेस्ट' अभियान थालिएको खुलासा, 'जनदवाब'का आधारमा पक्राउ गर्ने तयारी

Laxmi Sunrise Bank Limited
सरकारकै योजनामा 'केपी ओली अरेस्ट' अभियान थालिएको खुलासा, 'जनदवाब'का आधारमा पक्राउ गर्ने तयारी
Shivam Cement

काठमाण्डौ । अन्तरिम सरकारका मन्त्रीहरुको सल्लाहमै जेनजी अभियानले दवाब सिर्जना गर्ने उद्देश्यले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्ने अभियान सामाजिक सञ्जालमा चलाएका खुलेको छ । 

Bizshala
New Office
CG Motors

केही दिनअघि अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सहभागिताबिना सरकारका मन्त्रीहरुले जेनजी आन्दोलनका विभिन्न समूहहरुलाई बोलाएर छलफल गरेका थिए । सो छलफलमा जेनजी अभियन्ताहरु निकै आक्रामक ढंगले प्रस्तुत भई भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा २१ जनाभन्दा बढी कलिला विद्यार्थी तथा युवाको गोली हानी हत्या गर्ने तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र गोली हान्न आदेश दिने गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने अडान लिएका थिए । ओली र लेखकलाई पहिला पक्राउ गरेर हिरासतमा राखी थप छानबिन थाल्ने गरी सरकारले काम गर्नुपर्ने मागमा उनीहरुले लामो समयसम्म अड्डी कसेका थिए ।  

जेनजी आन्दोलन तथा अभियानको प्रमुख माग ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने विषयमा सरकार तत्पर नदेखिएको भन्दै सुदन गुरुङ लगायतले अर्को आन्दोलनको चेतावनी दिएका थिए ।  

जेनजी अभियन्ताहरुको अडान र चेतावनी सुनेपछि सरकारका मन्त्रीहरुले तत्काल पक्राउ गरिहाल्ने कानूनी अड्चन तथा अप्ठ्यारोको विषयमा सुझाएका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यही बैठकमा मन्त्रीहरुले जेनजी अभियन्ताहरुलाई सामाजिक सञ्जाल र अनलाइन प्ल्याटफर्महरुमा ओली र लेखकलाई पक्राउ गर्न सरकारलाई सहज हुने गरी वातावरण बनाउन र त्यसका लागि विशेष दबाब अभियान सुरु गर्न सुझाएका थिए । 'तपाईहरु दवाब अभियान सुरु गर्नुस् । कम्तीमा भोलि हामीलाई त्यसकै आधारमा उनीहरुलाई पक्राउ गर्न सहज होस् ।' मन्त्रीहरुले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो -'त्यही दिनको बैठकमा बनेको योजनाअनुसार सुदन गुरुङ नेतृत्वको समूहले केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने दवाबका लागि अभियान सुरु गरेका हुन् ।'  

जेनजीहरुले विभिन्न सामाजिक सञ्जालहरुमा 'अरेस्ट केपी शर्मा ओली/रमेश लेखक, मर्डरर्स' अभियान थालेका छन् ।  

यस्तै, केहीले एरेस्ट केपी ओली भन्ने अलग्गै अभियान पनि सुरु गरेका छन् ।  

यो अभियानलाई प्रभावकारी बनाउने र यसले सरकारलाई समेत जनदवाब सिर्जना हुने जेनजी अभियन्ताहरुको विश्लेषण छ । सरकारले सुझाएको आईडियाअनुसार ओली र लेखकलाई पक्राउ गर्ने आधार तय गर्ने गरी सुरु भएको अभियानमा साथ दिन जेनजी अभियन्ताहरुले नागरिकहरुलाई अपील समेत गरेका छन् ।

एक अभियन्ताले भनेका छन् -'आजदेखि अभियान तीव्र भएको छ । यसले एउटा माहौल सिर्जना गर्छ । त्यसपछि सरकारले ओली र लेखकलाई पक्राउ गर्ने हाम्रो बुझाई हो । यी सबै काम हुन अब धेरै दिन लाग्दैन । हत्याराहरुलाई जेनजीको बलिदानको जगमा बनेको सरकारले त्यसै छाड्नुहुँदैन ।'

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.