शुक्रबार, असार १९,२०८३ 09:39:56
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:39:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका

Laxmi Sunrise Bank Limited
विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका

काठमाण्डौ । कांग्रेस र एमालेबीच गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । सहमतिलाई मूर्त रुप दिन केहीबेरपछि भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।  

कांग्रेस र एमालेबीच विभिन्न विषयमा सहमति हुँदैछ । सहमतिको मस्यौदा तयार भइसकेको छ ।  

स्रोतहरुका अनुसार सहमतिको मस्यौदा एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेत रमेश लेखक मिलेर तयार पारेका हुन् । 

New Office
CG Motors
Garima Development Bank

विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई सम्वादमा ल्याउनेदेखि अहिले प्रचण्ड नेतृत्वको सरकार ढाली नयाँ गठबन्धन निर्माणको आधारशीला तयार गर्ने काममा पनि पोखरेल र लेखकको विशेष भूमिका रहेको छ ।  

पोखरेल र लेखक दिउँसोदेखि नै सहमतिको मस्यौदा तयारीमा लागेका थिए । उनीहरु साँझदेखि भने मस्यौदालाई फाइनल गर्न भन्दै झम्सीखेलस्थित विनोद चौधरीको होटल भिभान्तामा पुगेका थिए ।  

कांगे्रस र एमालेबीचको सहमतिको खाका कांग्रेसका सांसद समेत रहेका उद्योगपति विनोद चौधरीको होटलको कोठामा बसेर लेखिएको रोचक तथ्य जानकारीमा आएको हो ।  

तयार भएको मस्यौदा लिएर लेखकसहितका नेताहरु बुढानिलकण्ठस्थित देउवा निवास पुगेर अहिले हस्ताक्षरका लागि ओली निवास आउने तयारीमा लागेका छन् ।  

बालकोटस्थित ओली निवासमा समेत एमाले नेताहरुको आगमन बढ्न थालेको छ ।  

कांग्रेस र एमालेबीच संविधानका कतिपय प्रावधानहरु संसोधन गरेर जानेदेखि सत्ता सहकार्यसम्मको सहमति बनेको छ ।  

प्रतिनिधिसभाको बाँकी रहेको कार्यकालमध्ये आधा समय एमाले र आधा कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् ।  

आजै सहमतिको हस्ताक्षर भएको खण्डमा मंगलबार नै नयाँ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीको सपथ हुनसक्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.