सेयर कारोबार चाँडै खोल्ने/नखोल्ने विषयमा निर्णय गर्न सेबोनले मंगलबार बोलायो बोर्ड बैठक
काठमाण्डौ । अर्थतन्त्रको अन्तरकुन्तरको विषयमा राम्रो ज्ञान भएका र पूँजीबजारलाई समेत नजिकबाट बुझेका अर्थविद् डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेपछि सेयर बजारका लगानीकर्ताको मनोबल समेत बढ्न थालेको देखिएको छ । उनी अर्थमन्त्री बन्नुअघि र पछिको लगानीकर्ताको मनोबलमा निकै ठूलो परिवर्तन देखिएको भन्दै सेयर बजारका नियामक निकायहरु समेत चाँडै कारोबार खुल्ला...