बिहीबार, असार १८,२०८३ 07:51:35
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:51:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोन अध्यक्षमाथि लागेको आरोपको उर्जा उत्पादकबाटै खण्डन सुरु

Laxmi Sunrise Bank Limited
सेबोन अध्यक्षमाथि लागेको आरोपको उर्जा उत्पादकबाटै खण्डन सुरु

काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको आरोप हाईड्रोपावर कम्पनीहरुले नै खण्डन गर्न थालेका छन् ।  

धितोपत्र बोर्डबाट केही दिनअघि आईपीओ निश्कासनको स्वीकृति पाएको विकास हाईड्रोपावर कम्पनी लिमिटेडले एक विज्ञप्ति प्रकाशित गरी केही उर्जा उत्पादकहरुको सुनियोजित खेल पर्दाफास गर्दै उनीहरुले भनेजस्तो आईपीओ स्वीकृति प्रक्रियाका क्रममा कसैलाई अनुुचित लाभ हुने गरी काम गर्नु नपरेको स्पष्ट पारेको हो । 

New Office
CG Motors
Garima Development Bank

'हाल विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा हालै नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति प्राप्त कम्पनीहरुले कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचारप्रति यस कम्पनीको ध्यानाकर्षण भएको छ ।' विज्ञप्तिमा कम्पनीले भनेको छ-'यस प्रक्रियामा हामीले कुनै पनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरी नियमानुसार स्वीकृति प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौं ।'

उर्जा उत्पादकहरुले भने विभिन्न सञ्चारमाध्यमहरुमा आफैं गएर धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विभिन्न मान्छे प्रयोग गरेर आईपीओ निश्कासनको प्रक्रियामा रहेका आफ्ना कम्पनीहरुबाट कमिसन मागेका आरोप लगाएका थिए । उनीहरुले

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कमिसन दिएका कम्पनीहरुको मात्र आईपीओ स्वीकृत भएको र नदिनेको चाहिँ अड्काएर राखिएको आरोप लगाएका थिए । तर, उनीहरुको आरोपको उर्जा उत्पादकहरुबाटै नै खण्डन हुन थालेको हो ।  

धितोपत्र बोर्डले समेत हिजो नै एक विज्ञप्ति सार्वजनिक गरी आफ्ना अध्यक्षमाथिको आरोप पुष्टि गर्न चुनौति दिइसकेको छ । बोर्ड अध्यक्ष श्रेष्ठले आफूमाथिको आरोप पुष्टि गरे पद त्याग्न तयार रहेको बताएपछि उर्जा उत्पादकहरुलाई आरोप पुष्टि गर्नुपर्ने आपत आइलागेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.