सोमबार, असार २,२०८२ 04:54:35
  • सोमबार, असार २,२०८२ 04:54:35
Global IME Bank Limited

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता

Hyundai Nepal
दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
Nabil Bank Limited

काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए ।  

सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले कारबाही गरेका थिए । लामो समयसम्म अग्रवालको बैंक खाता सस्पेन्ड गरिएको थियो भने उनलाई व्यक्तिगत रुपमा कारोबारमा समेत रोक लगाइएको थियो । हमाल पावरमा रहुञ्जेल उनी सामसुम झै भए, हराए । तर हमाल विवादमा आउन थालेपछि उनी पनि बोल्न थाले । जब हमालको कार्यकाल सकियो र धितोपत्र बोर्ड अध्यक्षविहीन अवस्थामा कमजोर बन्यो, तब अग्रवालको पुरानै शैली र रुप छताछुल्ल हुन थालेको छ । उनी आफूसँग सबै तह र तप्काका व्यक्तिहरुको राम्रो सम्बन्ध रहेको भन्दै खुलेआम कम्पनीको सेयरमा चलखेल गर्न थालेका छन् । एकपछि अर्को गर्दै खुलेआम अराजक बनिरहेका उनीमाथि कारबाही गर्न धितोपत्र बोर्डले आनाकानी गरिरहेको पाइएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्रोतकाअनुसार अग्रवालको मन्त्रीदेखि राष्ट्र बैंकका गर्भनर र उच्च पदस्थ ब्यक्तिहरुसँग समेत राम्रो सम्बन्ध रहेको छ । यसैकारण नियामक र सञ्चारमाध्यमलाई समेत चूनौती दिंदै अग्रवाल सेयरबजारको कारोबार समयमै आफ्नो फेसबुकका भित्तामा खुलेआम ‘कुनै विशेष कम्पनीको सेयर’ किन्न लगानीकर्तालाई आह्वान गर्छन्, गरिरहेका छन् ।  

धितोपत्र बोर्डका अनुसार सेयरबजारमा कारोबार समयमा कसैले पनि सेयरबजार प्रभाव पार्ने खालका अभिव्यक्ति राख्न वा दिन पाइन्न । कसैले दिए त्यो गैरकानूनी काम हो र त्यसलाई दण्ड हुन्छ । तर, अग्रवाल भने कुनै कानूनको डरबिनै खुलेआम लगानीकर्ता उक्साइरहेका भेटिन्छन् ।  

गत साता मात्रै जोशी हाइड्रोपावरको सेयरबारे अग्रवालले एक अभिव्यक्ति दिएका थिए । उनले खुलेआम वित्त कम्पनीसँगै पिपुल्स पावर र रिभर फल्सको सेयर फालेर जोशी हाइड्रोको सेयर खरिद गर्न लगानीकर्तालाई आह्वान गरेका थिए ।  

यति मात्रै नभई अग्रवालले आफूले खरिद गर्न लागेको जोशी हाइड्रोको सेयरभाउ बढाउने फण्डासहित ‘के जोशी हाइड्रो १००० सम्म पुग्छ ?’ भन्दै लगानीकर्ता उक्साएका थिए ।  

धितोपत्र बोर्डको नियमानुसार यसरी बजार प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेलाई कारबाही हुन्छ । तर अग्रवाललाई कारबाही गर्नुको साटो धितोपत्र बोर्डका अधिकारी टुलुटुलु हेरेर बसेका छन् ।  

आइतबार साताको पहिलो कारोबारको पहिलो दिन जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । केही लगानीकर्ताहरुले आइतबार अग्रवालले करोडौंको लगानीमा जोशी हाइड्रो उठाएको बताएका छन् ।  

आफूले खरिद गरेको सेयर एकहजार रुपैयाँसम्म पुर्याउने अग्रवालको अभियान अझ तीव्र बनेको छ । आज पनि कारोबार समयमा नै उनले जोशी हाइड्रोपावरको सेयर खरिद गर्न सुझाव दिएका छन् । दुईअर्थी शब्दमा उनले ‘किन्ने लेबलमा आयो हाउज द जोश गाईज ?’ भन्दै लगानीकर्तालाई उक्साएका छन् । 

‘जोश जाँगर कस्तो छ’ भन्ने अर्थ लगाउँदै अग्रवालले अप्रत्यक्ष रुपमै जोशी हाइड्रोको सेयर किन्न उक्साइरहेको स्पष्ट देखिन्छ । उनले अघिल्लो दिनमात्रै पनि आफ्नो फेसबुक पेज निजी रहेको र आफ्नो फेसबुक पेजमा के लेख्ने वा नलेख्ने आफ्नो निजी निर्णय रहेको बताउँदै नियामक र सञ्चारमाध्यमले जे भने पनि फरक नपर्ने धम्कीयुक्त स्टाटस राखेका छन् ।  

अग्रवाल एकपछि अर्को गर्दै अराजक बनेर लगानीकर्ता उक्साइरहँदा धितोपत्र बोर्ड भने मौन रहेको छ । ‘अग्रवालको विषयमा अनुसन्धान हुँदैछ’ भन्ने रेडिमेड जवाफ मात्र दिने गरेका बोर्डका अधिकारीहरुले छानबिन भइरहेको दाबी गरेका छन् । यस्तो दाबी उनीहरुले विगत ५ दिनदेखि दैनिकजसो गर्दै आएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.