थपलिया भन्छन्-‘सेबोनको दौड छाडिसकेँ’, बजारको प्रश्न-‘त्यसो भए अनुसन्धान किन अड्कियो ?’
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडसँग जोडिएको कथित इन्साइडर ट्रेडिङ तथा समूहगत चलखेल प्रकरणमा नाम जोडिएका व्यवसायी सीताराम थपलियाले आफू नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष बन्ने दौडबाट बाहिरिसकेको र अब प्रतिस्पर्धामै नरहेको दाबी गरेका छन् । बिजशालासँगको प्रतिक्रियामा थपलियाले आफूलाई सेबोन अध्यक्षको ‘फ्रन्ट रनर’का रूपमा प्रस्तुत गरिएको...

