आईतवार, जेष्ठ ३,२०८३ 06:12:42
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:12:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

Laxmi Sunrise Bank Limited
इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका
Shivam Cement

काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । 

Bizshala
New Office
CG Motors

यो दिन पनि धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ३ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको(सर्किट लेभलमा कारोबार भएका समेत) छ। सर्किट लागेको र त्यही लेभलमा कारोबार भएका तीनैवटै कम्पनीको दोश्रो त्रैमाससम्मको रिटर्न अन इक्वीटी(आरओई) नेगेटिभ छ ।  

समाज लघुवित्त, जोशी हाइड्रो र सामलिङ पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको(सर्किट लेभलमा कारोबारसहित) हो । यी तीनवटै कम्पनीको दोश्रो त्रैमाससम्मको रिटर्न अन इक्वीटी नेगेटिभ छ । समाजको ३.६९, जोशीको १.१४ र सामलिङको ५.९० प्रतिशतले आरओई नेगेटिभ छ ।  

समाज र जोशीको वार्षिककृत प्रतिसेयर आम्दानी(इपीएस) पनि नेगेटिभ छ । सामलिङको भने ५.४९ रुपैयाँले पोजिटिभ छ ।  

दोश्रो त्रैमाससम्म समाज र जोशी क्रमशः १६.७ लाख र १८.२५ लाख रुपैयाँ घाटामा छन् । सामलिङ भने १ करोड ३७ लाखले नाफामा छ । जोशीको प्रतिसेयर नेटवर्थ ६६.१८ रुपैयाँ मात्र छ । अंकित मूल्यभन्दा कम नेटवर्थ भएको यो कम्पनीको सेयरमूल्य केही दिनदेखि नियोजित ढंगले बढाइएको छ ।  

बिहीबार धेरै मूल्य बढेका ७ कम्पनीमध्ये अन्य चारमा बोटलर्स नेपाल(तराई) लिमीटेड, बोटलर्स नेपाल(बालाजू) लिमीटेड, ग्रामीण विकास लघुवित्त र गोर्खाज फाइनान्स रहेका छन् ।  

यी चार कम्पनीमध्ये बोटलर्स नेपाल(तराई) र बोटलर्स नेपाल(बालाजु) समेत दोश्रो त्रैमासमा घाटामा गएका कम्पनी हुन् । बोटलर्स नेपाल(तराई)को इपीएस ६१ र बालाजुको ७४ रुपैयाँले नेगेटिभ छन् । यी दुवै कम्पनीका आरओई, पीई पनि नेगेटिभ छ । बोटलर्स नेपाल(तराई) र बोटलर्स नेपाल(बालाजू) क्रमशः २०.७ करोड तथा २५.६८ करोडले घाटामा छन् ।  

ग्रामीण विकास लघुवित्तको इपीएस १९.७२ रुपैयाँ र गोर्खाज फाइनान्सको २८.०२ रुपैयाँ रहेको छ । यी दुवै कम्पनी दोश्रो त्रैमाससम्ममा नाफामै छन् र दुवैको आरओई र पीई पनि सन्तोषजनक नै छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.