• मंगलवार, श्रावण २७,२०८२ 11:52:29
Global IME Bank Limited

सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप

भित्री सूचना चुहाएर मूल्य बढाउने खेलमा धितोपत्र बोर्ड रमिते , कानून छ, कार्यान्वयन छैन

Hyundai Nepal
सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा निष्पक्षता हराउँदै गएको छ । बजारमा सूचीकृत रहेका केही कम्पनीहरुको एकपछि एक गर्दै इन्साइडर ट्रेडिङ भइरहँदा बजारप्रति विश्वास घट्न थालेको हो ।  

केही समयअघि सेयरबजारमा फाइनान्स, विकास बैंक र हाइड्रो समूहका केही कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भएको थियो । सम्बन्धित कम्पनीभित्रको संवेदनशील जानकारी सार्वजनिक नभइसकेको अवस्थामा त्यस्ता जानकारीको फाइदा उठाएर सेयर किनबेच गर्नु कानूनी रुपमा अपराध ठहरिए पनि सम्बन्धित निकायले त्यसको निगरानी बढाउन नसक्दा यस्ता गलत क्रियाकलाप बजारमा निकै बढ्न थालेको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

यस्तै शैलीमा केही दिनयता सिक्लेस हाइड्रोपावरको सेयरमूल्यमा पनि व्यापक चलखेल भएको पाइएको छ । कम्पनीले लाभांश र हकप्रद निष्कासन गर्ने प्रस्तावसम्बन्धी सूचना औपचारिक रुपमा सार्वजनिक गरेपनि यसअघि नै कम्पनीले सो सम्बन्धी सूचना भित्री रुपमा चुहाइसकेको खुलेको छ ।  

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९–८० र २०८०–८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको १ः१ अनुपात कायम गर्ने गरी हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिएको थियो । तर, यी निर्णय सार्वजनिक हुनुभन्दा पहिला नै कम्पनीका माथिल्लो तहका पदाधिकारीहरू तथा संस्थापकहरुले यी सम्वेदनशील सूचनाहरू चुहाएर शेयर बजारमा चलखेल गरेका पाइएको छ ।

साउनको पहिलो सातासम्म ८ सय रुपैयाँको हाराहारीमा रहेको यस कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भएर इन्साइडर ट्रेडरहरुले झण्डै १२ सय रुपैयाँसम्म पुर्याएका थिए ।  

गोप्य सूचना चुहाएरै यो कम्पनीको पछिल्लो केही दिनयता उच्च कारोबार समेत भएको नेप्सेको फ्लोरसिटमा देख्न सकिन्छ ।  

कम्पनीका अध्यक्षसहित सञ्चालक समितिका सदस्यहरुले सूचना चुहाएर सेयरभाउ समेत असामान्य बृद्धि गरेका स्रोतले जनाएको छ । कम्पनीको लक–इन पिरियड खुल्न एक महिना बाँकी हुँदा चलखेल गरी सेयरमूल्य बढाउने खेल भएको पाइएको हो । लकइन अवधि खुल्नै लाग्दा सुनियोजित रुपमा यो कम्पनीले बोनस र हकप्रद सेयरको अफर सार्वजनिक गरी दोश्रो बजार मूल्य बढाउने र नियोजित रुपमा लकइन खुलेपछि संस्थापक सेयर बिक्री गरेर ठूला लगानीकर्ता भाग्ने शंकास्पद काम भएको देखिएको छ ।  

कम्पनीको संस्थापकतर्फको ८ लाख ८४ हजार ५५० कित्ता सेयरको लक–इन पिरियड असोज ७ गते खुल्दैछ । लकइन पिरियड खुल्ने समय नजिकिँदै जाँदा संस्थापकहरुले योजनाबद्ध रुपमा सोझा लगानीकर्तालाई सेयर भिडाएर टोपी लगाउने र आफुहरु उम्किने योजना प्रष्ट देखिएको छ ।  

स्रोतका अनुसार लगानीकर्तालाई बोनस सेयर र हकप्रदको फण्डा(ललीपप) देखाएर सेयर भिडाउने र लक इन पिरियड खुलेपछि संस्थापकहरु भाग्ने योजनामा यो सबै चलखेल भएको हो ।  

कम्पनीले हिजोमात्रै बोनस र हकप्रद सम्बन्धि सूचना औपचारिक रुपमा जारी गरेपनि भित्री सूचनाको भरमा पहिलेदेखि नै यो कम्पनीको इन्साइडर ट्रेडिङ गर्दै मूल्य उचाल्ने काम हुँदै आएको थियो । यहीकारण कम्पनीले औपचारिक रुपमा बोनस र हकप्रद सेयरको सूचना निकालेपछि कम्पनीको सेयरभाउ ह्वात्तै घट्न थालेको छ । 

सूचना जारीगर्नु अघि ११७५ रुपैयाँ रहेको कम्पनीको सेयरभाउ सूचना सार्वजनिकपश्चात् साढे २ प्रतिशतले घटेर ११४७ मा कायम भएको थियो । सो दिन कम्पनीको ४१५ वटा कुल कारोबार भएको थियो भने २१ हजार ८११ कित्ता सेयर अर्थाात् २ करोड ५१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

बोनस सेयर र हकप्रदको विषयले सेयरमूल्य बढ्नुपर्नेमा यसरी असामान्य घट्न थालेपछि चलखेल भएको प्रष्ट बुझ्न सकिन्छ । आजमात्रै कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट अर्थात् ९.९९ प्रतिशत रु. ११४.५६ रुपैयाँले घटेर १०३२ रुपैयाँ कायम भएको छ ।  

आजमात्रै कम्पनीको ३६४ वटा कुल कारोबार भएको छ । १४ हजार कित्ता सेयर कारोबार भएकोमा धेरैजसो सेयर बिक्री भएको पाइएको छ ।  

नेप्सेको फ्लोरसिटअनुसार आजको कुल कारोबारमा कम्पनीको ८२.४१ प्रतिशत सेयर बिक्री भएको छ भने १७.५९ प्रतिशत सेयर मात्रै खरिद भएको देखिएको छ ।  

सबैभन्दा धेरै दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज(ब्रोकर नम्बर ३३)बाट उक्त कम्पनीको सेयर बिक्री भएको छ । जसमा २१३ वटा बिक्रीको कारोबार भएको देखिएको छ । उक्त ब्रोकरबाट १० हजार ७९८ कित्ता सेयर बिक्री गरिएको छ ।  

सेबोन सधैं रमिते !

सेयरबजारमा भित्री सूचना समयअघि नै चुहाएर पटक–पटक इन्साइडर ट्रेडिङ भइरहँदा नियामक निकाय धितोपत्र बोर्ड भने यस्तो विषयमा बेखबर झै देखिन्छ ।  

निश्चित समूहमार्फत सम्वेदनशील सूचना समयअघि नै चुहाएर सेयरमूल्य बढाउने र आम सर्वसाधारणमाझ त्यही सूचना सार्वजनिक गर्ने समयसम्ममा बाठाले सेयर बिक्री गरेर भाग्ने प्रवृति पछिल्लो समय बजारमा व्यापक बनिरहेको छ । कारोबारको घटनाक्रमले प्रष्ट रुपमा चलखेल भएको देखिए पनि यस्ता घटनामा धितोपत्र बोर्डले चासो समेत राख्न छाडेको देखिन्छ।  

नेपालमा इन्साइडर ट्रेडिङलाई रोक्ने कानूनी प्रावधानहरु छन् । बोर्डले नियममा यस्तो गतिविधिलाई प्रतिबन्ध लगाएपनि कार्यान्वयन पक्ष कमजोर बनेको छ भने बारम्बार यस्तो क्रियाकलाप बढ्दै जाँदा नियामक रमितेको भूमिकामा सीमित बन्न पुगेको छ ।  

धितोपत्र ऐन २०६३ अनुसार आन्तरिक जानकारीको आधारमा सेयर कारोबार गर्नु गराउनु अपराध भनिएपनि वा यस्तो क्रियाकलाप गर्ने व्यक्ति दोषी ठहरिएमा जरिवाना र कारबाही हुनसक्ने भन्ने प्रावधानका बाबजुद यस्तै गतिविधि दोहोरिँदा बजारप्रतिको विश्वास गुम्दै गएको छ ।  

बोर्डलाई पटक–पटक फलानो कम्पनीको इन्साइडर ट्रेडिङ भइरहेको छ भन्ने विषयमा सोधपुछ गर्दा बोर्ड नै यस्तो विषयप्रति बेखबर देखिन्छ । यस्तो किसिमको नियमनमा आम लगानीकर्ताले बोर्डमााथि प्रश्न उठाइरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.