सोमबार, जेष्ठ ४,२०८३ 04:20:13
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:20:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

थपलिया भन्छन्-‘सेबोनको दौड छाडिसकेँ’, बजारको प्रश्न-‘त्यसो भए अनुसन्धान किन अड्कियो ?’

Laxmi Sunrise Bank Limited
थपलिया भन्छन्-‘सेबोनको दौड छाडिसकेँ’, बजारको प्रश्न-‘त्यसो भए अनुसन्धान किन अड्कियो ?’
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडसँग जोडिएको कथित इन्साइडर ट्रेडिङ तथा समूहगत चलखेल प्रकरणमा नाम जोडिएका व्यवसायी सीताराम थपलियाले आफू नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष बन्ने दौडबाट बाहिरिसकेको र अब प्रतिस्पर्धामै नरहेको दाबी गरेका छन् ।  

बिजशालासँगको प्रतिक्रियामा थपलियाले आफूलाई सेबोन अध्यक्षको ‘फ्रन्ट रनर’का रूपमा प्रस्तुत गरिएको विषयप्रति असन्तुष्टि जनाउँदै त्यस्तो कुनै सक्रिय दाबी वा दौडमा नरहेको बताएका हुन् ।

यसअघि अर्थमन्त्रालयले गठन गरेको सेबोन अध्यक्ष छनौट समितिले मिडियाहरुलाई उपलब्ध गराएको लिस्टमा थपलियासहित ४७ जनाको नाम समावेश थियो । 

तर, थपलियाको यो प्रतिक्रियापछि पूँजीबजार वृत्तमा अर्को प्रश्न झन् पेचिलो बनेको छ-केही महिनाअघि निकै चर्चामा आएको एनआरएन इन्फ्रास्टक्चर प्रकरणको अनुसन्धान आखिर कहाँ पुग्यो ?

Bizshala
New Office
CG Motors

त्यतिबेला सेबोनले एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्य कृत्रिम रूपमा बढाएर सीमित समूहले करोडौं रुपैयाँ कमाएको आशंकामा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा कम्पनीका तत्कालीन अध्यक्ष थपलियासहित केही लगानीकर्ता समूह, ब्रोकर र बजारसँग सम्बन्धित व्यक्तिहरूमाथि योजनाबद्ध रूपमा सेयर मूल्य बढाउने खेल खेलेको आशंका गरिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरूले त्यसबेला ब्रोकर कम्पनीको ट्रेडिङ रुममै बसेर कारोबार समन्वय गरिएको संकेत दिने अडियो–भिडियो सामग्रीसमेत फेला परेको दाबी गरेका थिए ।

विशेषगरी कम्पनीले ४० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद घोषणा गर्नुअघि नै एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य करिब ९०० रुपैयाँबाट बढेर २४०० रुपैयाँ नजिक पुगेको घटनालाई अनुसन्धानकर्ताले “पूर्व योजनाबद्ध गतिविधि”का रूपमा हेरेका थिए ।

त्यतिबेला सेबोन स्रोतहरूले कम्पनीभित्रकै संवेदनशील सूचना चुहाइएको, सीमित समूहले सस्तो मूल्यमा सेयर उठाएको र सर्वसाधारण लगानीकर्तालाई उच्च मूल्यमा सेयर बिक्री गरिएको निष्कर्षतर्फ अनुसन्धान केन्द्रित रहेको बताएका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

तत्कालीन सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले समेत यो प्रकरणलाई निष्कर्षमा पुर्याएर दोषीमाथि कारबाही गरिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, समय बित्दै जाँदा अनुसन्धान सेलाउँदै गएको र फाइल सामसुम पारिएको आरोप पूँजीबजार वृत्तमै उठ्न थाल्यो ।

श्रेष्ठले राजीनामा दिएपछि यो प्रकरणसहितका केही संवेदनशील विषयमा राज्यका अन्य निकायहरूले समेत चासो देखाएको बताइए पनि हालसम्म कुनै ठोस निष्कर्ष वा कारबाही सार्वजनिक भएको छैन ।

यही कारण अहिले बजारमा प्रश्न उठ्न थालेको छ-यदि अनुसन्धान यति गम्भीर थियो भने निष्कर्ष किन आएन ? र यदि आरोप पुष्टि हुने आधार थिएन भने त्यसबारे नियामक निकायले स्पष्ट धारणा किन सार्वजनिक गरेन ?

पूँजीबजारका जानकारहरूका अनुसार यो विषय अब केवल एक व्यक्तिको नाम वा पदसँग मात्र जोडिएको छैन, बरु नियामक निकायको विश्वसनीयतासँग जोडिएको प्रश्न बनेको छ ।

एक पूर्व नियामक अधिकारी भन्छन्, “यस्ता प्रकरणमा अनुसन्धान सुरु गरेर बीचमै सामसुम बनाउने हो भने बजारमा नियामकमाथिको विश्वास कमजोर हुन्छ । दोषी भए कारबाही हुनुपर्छ, नभए स्पष्ट रूपमा क्लिनचिट दिनुपर्छ । अन्यथा आशंका झन् बढ्छ ।”

यसअघि बिजशालासँगको प्रतिक्रियामा थपलियाले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । उनले आफूले कसैलाई एनआरएनको सेयर किन्न नउक्साएको, कम्पनीको वित्तीय अवस्था सार्वजनिक विवरणमै आधारित रहेकाले त्यसबारे जानकारी दिनु स्वाभाविक भएको बताएका थिए ।

उनले ब्रोकर कार्यालयमा जाने गरेको स्वीकारे पनि त्यसलाई गैरकानूनी गतिविधिसँग जोड्नु गलत हुने बताएका थिए ।

तर, बजारमा अहिले उठिरहेको मुख्य प्रश्न भने अझै उही छ– चर्चित भनिएको एनआरएन इन्फ्रास्टक्चर प्रकरणको अनुसन्धान आखिर कहाँ पुग्यो, र त्यसमाथि नियामक निकायले किन स्पष्ट निष्कर्ष सार्वजनिक गरेको छैन ?

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.