शनिबार, जेष्ठ २,२०८३ 12:42:49
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:42:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

'व्यक्तिगत र निश्चित कम्पनीको कारोबार विवरण मागिएको छैन, म आफ्नो प्रोटोकलभन्दा बाहिर जाँन्न'-सेबोन अध्यक्ष

Laxmi Sunrise Bank Limited
'व्यक्तिगत र निश्चित कम्पनीको कारोबार विवरण मागिएको छैन, म आफ्नो प्रोटोकलभन्दा बाहिर जाँन्न'-सेबोन अध्यक्ष
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले कुनै पनि ठूला लगानीकर्ताको कारोबार विवरण वा कुनै कम्पनी विशेषमा देखिएको ठूलो माग लगायतका विषयमा कुनै जानकारी नमागिएको दाबी गरेका छन् ।  

बजारका केही ठूला लगानीकर्ताहरुले धितोपत्र बोर्डले अनावश्यक रुपमा आफूहरुको कारोबार विवरण, दैनिक रुपमा बजारमा कुनै कम्पनी विशेषको सेयरमा सिर्जना भएको अधिक माग लगायतका विषयमा दैनिकजसो ब्रोकरहरुसँग कारोबार विवरण मागेर आफूहरुलाई तर्साउने काम भएको गुनासो गरिरहेको बेला अध्यक्ष श्रेष्ठले भने त्यसको प्रतिवाद गरेका छन् । 

Bizshala
New Office
CG Motors

'तपाईहरुले व्यक्तिको कारोबार विवरण, कम्पनी विशेषको कारोबार विवरण लगायतका डेटा ब्रोकरसँग मागेर ठूला लगानीकर्तालाई तर्साउनुभयो रे नि त ? किन यसो गर्नुभएको ?' भन्ने बिजशालाको प्रश्नमा बोर्ड अध्यक्ष श्रेष्ठले भने-'यो सबै नन्सेन्स हो । हामीबाट कसैको व्यक्तिगत कारोबार विवरणको वा टार्गेटेड कुनै कम्पनीको कारोबार विवरणको फाइल मगाउने काम भएको छैन ।'  

उनले ब्रोकरबाट त्यस्ता विवरण मागिएको भन्ने विषयलाई पनि आधारहीन भनेका छन् । 'ब्रोकरबाट मागिएको भन्ने कुरा त झन हुँदै होइन । म आफ्नो प्रोटोकलभन्दा बाहिर गएर केही पनि काम गर्दिँन । त्यसमा तपाईहरु ढुक्क हुनुहोस् ।'- उनले प्रष्ट पार्दै भने । 

Garima Development Bank
Shivam Cement
IME remit

उनले बजारमा कुनै शंकास्पद गतिविधि भएमा त्यसको विषयमा जानकारी लिनु स्वभाविक भए पनि त्यस्तो अवस्थामा समेत आधिकारिक सरकारी निकायबाट विवरण मागिने प्रष्ट पारे ।  

बोर्डका अर्का एक उच्च अधिकारीले बिजशालासँग अफ दि रेकर्ड कुरा गर्दै केही ठूला लगानीकर्ताले सुनियोजित रुपमा बजार घटाई राम्रा कम्पनीका सेयर सस्तोमा सोहर्ने उद्देश्यले गलत हल्ला फैलाएर बजार प्रभावित बनाएका दाबी गरे । 'यो सबै सोझालाई अत्याएर ठूलाले गर्न खोजेको चलखेल हो ।' ती अधिकारीले भने-'बजारकै मनोबल गिर्ने गरी यस्तो सुनियोजित हल्लाको पछि लगानीकर्ता लाग्नु आफैंलाई घाटा हो ।'  

ती अधिकारीले गठबन्धन सरकार ढल्छ भन्ने हल्ला कमजोर बन्दै गएपछि बजार घटाउने अर्को फण्डा निकालेका दाबी समेत गरे।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.