सोमबार, असार २,२०८२ 12:42:08
  • सोमबार, असार २,२०८२ 12:42:08
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीले खुलायो सीईओ पदका लागि दरखास्त आह्वान

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनीले खुलायो सीईओ पदका लागि दरखास्त आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिक्त रहेको सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले खुल्ला प्रतियोगिताद्वारा पदपूर्ती गरिने जनाएको छ ।     

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदकको शैक्षिक योग्यता बीमा ऐन २०७९ को दफा ५७ को उपदफा(४) को खण्ड(क) बमोजिम योग्यता पूरा भएको हुनुपर्ने र बीमा ऐन २०७९ दफा ५७ को उपदफा(५) बमोजिम अयोग्य नभएको हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको उमेर भने दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष पूरा नभएको हुनुपर्नेछ ।  

आवेदकले दरखास्त पेश गर्दा शैक्षिक योग्यता,अनुभव, सम्पर्क नम्बर,नेपाली नागरिकताको प्रमाणपत्र,शैक्षिक योग्यताको प्रमाणपत्र,तालिम तथा अनुभवको कागजातको प्रतिलिपी र पाचँ हजार शब्द नबढ्ने गरी व्यवसायी कार्ययोजना संलग्न गर्नुपर्नेछ ।  

यस्तै दरखास्त शुल्कबापत ५ हजार रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर्नुपर्नेछ ।  

सीईओको मासिक पारिश्रमिक तथा अन्य सुविधा कम्पनीको सञ्चालक समितिले तोके बमोजिम हुनेछ । इच्छुक र योग्यता पुगको आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.