बुधबार, जेष्ठ ६,२०८३ 06:28:57
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 06:28:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतको बीमा क्षेत्रमा क्रान्तिकारी परिवर्तन,सबै बीमा पोलिसी एकै ठाउँबाट खरिद/बिक्री गर्न मिल्ने

Laxmi Sunrise Bank Limited
भारतको बीमा क्षेत्रमा क्रान्तिकारी परिवर्तन,सबै बीमा पोलिसी एकै ठाउँबाट खरिद/बिक्री गर्न मिल्ने
Shivam Cement

काठमाण्डौ । भारतको बीमा बजारमा सबै बीमा पोलिसीहरु एकै ठाउँबाट खरिद/बिक्री गर्न मिल्ने तयारी भएको छ । भारतको बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरेटी(आईआरडीएआई)ले सबै बीमा पोलिसीहरु एकै ठाउँमा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरेको हो ।  

यसका लागि आईआरडीएआईले विद्युतीय बजार/प्लेटफर्म‘बीमा सुगम’ अथवा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा एउटा एक्सपोजर मस्यौदा जारी गरेको छ । यसलाई वान–स्पट सोलुसन वा प्रोटोकलको रुपमा मान्न सकिन्छ । जसमा बीमा पोलिसी खरिद/बिक्री,बीमा सेवा र दाबी भुक्तानीदेखि लिएर बीमासँग सम्बन्धित उजुरी तथा गुनासाहरु समेत सम्बोधन गर्न सकिने जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

यो डिजिटल प्लेटफर्म चाडै नै लञ्च हुने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रिपोर्टका अनुसार आगामी जुन महिनामा यसको लञ्च हुने सम्भावना अधिक रहेको छ ।  

यसअघि बीमा नियामकले यसलाई सन् २०२३ जनवरीमा लञ्च गर्ने योजना बनाएको थियो । यस्तै आईआरडीएआईले स्वास्थ्य,जीवन,सम्पत्ति  र दुर्घटना सबैलाई समेट्ने एउटा बीमा पोलिसी समेत जारी गर्ने तयारी गरेको जनाइएको छ ।  

आईआरडीएआईले लञ्च गर्न लागेको बीमा सुगम एउटा विद्युतीय बीमा बजार हो । यो प्लटफर्मलाई बीमा कम्पनी,बीमित, र अभिकर्ताले प्रयोग गर्न सक्नेछन् । बीमा क्षेत्रका सबै पक्ष एकै ठाउँमा हुने भएकाले यसले सबै पक्षलाई फाइदा पुग्ने आईआरडीएआईले अपेक्षा गरेको छ । भारतीय बीमा विज्ञहरुले यसले भारतको बीमा क्षेत्रमा कान्तिकारी परिवर्तन ल्याउने बताएका छन् ।  

यसले बीमा कम्पनीहरुको लागत घट्ने र बीमा प्रडक्टहरु सस्तो हुने विश्वास गरिएको छ । यो अनलाइन प्लेटफर्ममा जीवन बीमा,स्वास्थ्य बीमा, र साधारण बीमादेखि लिएर सबै प्रकारका बीमा सेवाहरु उपलब्ध हुनेछन् ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X