सोमबार, जेष्ठ ४,२०८३ 10:56:30
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:56:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्तामा लघुवित्तको चर्चा, भन्छन्, ‘बजारमा माहोल फेरिदै, अपरेटर बन्यो कि फस्यो’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्तामा लघुवित्तको चर्चा, भन्छन्, ‘बजारमा माहोल फेरिदै, अपरेटर बन्यो कि फस्यो’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले लगानीकर्ताहरुको बिचार बुझ्ने क्रममा अनामनगर आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं । पुसको चिसोसँगै सेलाएको सेयर बजारमा लगानीकर्ताहरु नाफा घाटा हिसाब गरिरहेका भेटिन्थे ।  

आज हामीले सबै भन्दा पहिले अनामनगरमा रहेको दीपशिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८) बाट हाम्रो स्तम्भको सुरुवात गर्यौं । बिहान ११ बज्दा नबज्दै हामी त्यहाँ पुग्दा लगानीकर्ताको उपस्थिति खासै थिएन । आज पहिलो प्रहरबाट नै बजार सामान्य अंकले घटेको थियो । ब्रोकर हाउस भने सुनसान जस्तै थियो । यस ब्रोकरका सुरक्षा गार्डले हिजोआज बजार घटेको र चिसो बढेका कारण ब्रोकर हाउसमा लगानीकर्ता आउन छाडेका बताए । हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा जिज्ञासा राख्यौं । कारोबारमा ब्यस्त रहेका यस ब्रोकरका सञ्चालकले पनि बजारको विषयमा स्पष्ट केही बताउन सकेनन् । मध्यान्हको १२ बज्दा पनि खासै लगानीकर्ता नआए पछि हामीले अर्को ब्रोकर हाउसमा जाने निधो गर्यौं । बजार एकपटक माथि जान प्रयास गरेर फेरी घट्न थालेको थियो ।  

Bizshala
New Office
CG Motors

यहाँबाट हामी अनामनगरमा नै रहेको भोले गणेश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यस ब्रोकरमा केही महिला र पूरुष लगानीकर्ता कारोबारमा मस्त भेटिन्थे । यतिकैमा एक महिला लगानीकर्ताले भनिन्, ‘लौ माइक्रोफाइनान्स पो बढ्न थाले । उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘त्यही त शीर्ष बढ्नेमा त सबै माइक्रा फाइनान्स पो छन् । विकास बैंक घटेका छन्’ उनले थप्दै भने, ‘मैले धन्न सिन्धु विकास बैंक बेचेछु । नत्र आजत बर्बादै हुने रहेछ ।’

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आफूसँग धेरै नभए पनि एक सय कित्ता कर्णाली विकास बैंकको सेयर भएको बताए । उनले ठट्यौलि पारामा केही विकास बैंक घटेको प्रति इंगित गर्दै भने, ‘धन्न कर्णाली विकास बैंकको सेयर त छानेरै किनिएछ । अरु बैंकको सेयर घटेको घट्यै छन् । कर्णाली विकास बैंक त घट्ला भन्ने पीरै भएन।’ उनको यस्तो कुरा सुनेर ब्रोकरहाउमा एकछिन् हाँसोको फोहोरा नै छुट्यो । ब्रोकरहाउसमा यस्तै गलफति चल्दै थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

केही समय व्यतित गरेपछि यहाँबाट हामी भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो । यहाँ भेटिएका एक लगानीकर्ताले भने, ‘यसपाली अपरेटर बन्यो कि फस्यो । ठूलो भनिएको ब्रोकर, नासा पनि फसेको फस्यै छ । अहिले बजारमा उल्टो भएको छ । पहिले नाम चलेका खेलाडीको स्टकमा पोजेटिभ सर्किट लाग्थ्यो । आज त उल्टो भएको छ ।’

उनीसँगै बसेक एक लगानीकर्ताले भने, ‘गरिमा विकास बैंकले त कमसल खालका बैंकको सेयर धितो कर्जाबाट हटाउन भनेको छ रे ! यस्ता बैंक राखेर सेयर धितो दिएको भए सेटलमेन्ट गर्न र अब लिस्टबाट हटाउन भनिएको छ रे । आज सिन्धु बिकास बैंक, नारायणी, सप्तकोशी डेभलपमेन्ट बैंकमा लोअर सर्किट लाग्नुको कारण पनि त्यही हो । अब बैंकले धितो नराखेपछि यी सेयर के होलान् भन्न गाह्रो छ,’ ती लगानीकर्ताले लामो सास फेर्दै भने ।  

ब्रोकर हाउसमा यस्तै गलफति चल्दै थियो । यहाँबाट हामी आर्यतारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यस ब्रोकरहाउसमा पनि लगानीकर्ताहरुको उपस्थिति खासै थिएन । उपस्थित लगानीकर्ताहरु पनि निष्क्रिय देखिन्थे । बजार एकोहोरो घटिरहेको थियो । लगानीकर्ताहरु बजार फर्कने झिनो आशा बोकेर डिस्प्लेमा नजर डुलाइ रहेको भेटिन्थे । यस बेलासम्म दिनको ३ बज्दै थियो । हामीले यो साताको लागि हाम्रो स्तम्भलाई यही बिट मार्ने निधो गर्यौं ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.