मंगलवार, माघ २०,२०८२ 09:16:53
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 09:16:53
Bizshala
Global IME Bank Limited
Bizshala

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न, मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न, मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन
Shivam Cement

काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा गत पुस १८ गते शंकर होटेल काठमा(डौमा सम्पन्न भएको छ। संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

Bizshala
Garima Development Bank
New Office

संघको कार्यप्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए।आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनले सहमतिमा सबैको प्रतिनिधित्व हुनेगरी नयाँ नेतृत्व चयन गरिएको बताए ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

संघको सम्पन्न १९ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रालि) लाई सर्वसम्मत रुपमा अध्यक्ष पद मा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रालि) , महासचिवमा दिवाकर पौडेल ( आईएमई लिमिटेड) , कोषाध्यक्षमा संजिव कुमार पाठक (एटिटि. रेमिट प्रालि.) सचिवमा रामेश्वर सापकोटा ( प्रभू मनिट्रान्स्फर प्रालि) कार्यसमिति सदस्यहरुमा विमल महत ( सिद्धार्थ बैंक  श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक ) मधुसुदन न्यौपाने ( प्रभू बैंक ) र सुदन सिं सिलवाल ( युनाईटेड रेमिट ) सर्वसम्मत रुपमा चयन भएका छन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामि कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.