बुधबार, जेष्ठ ६,२०८३ 02:15:26
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:15:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गण्डकी प्रदेशमा सर्वाधिक पोलिसी काटेर एमडीआरटी बनिन् बबिता पुर्जा, बीमितसमक्ष इमान्दार हुनुपर्नेमा जोड

Laxmi Sunrise Bank Limited
गण्डकी प्रदेशमा सर्वाधिक पोलिसी काटेर एमडीआरटी बनिन् बबिता पुर्जा, बीमितसमक्ष इमान्दार हुनुपर्नेमा जोड
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी बबिता पुर्जा चौथौपटक एमडीआरटी बन्न सफल भएकी छिन् । उनी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भई चौथोपटक एमडीआरटी बनेकी हुन् ।  

पोखराकी पुर्जाले गण्डकी प्रदेशबाटै सर्वाधिक पोलिसी काटेर एमडीआरटी बनेकी हुन् । उनले गण्डकी प्रदेशभरी सर्वाधिक पोलिसी बिक्री गरी तोकिएको बीमाशुल्क संकलन गरेर एमडीआरटी बनेकी हुन् ।  

आफ्नो कामप्रतिको लगाव र लगनशीलताका कारण नै सर्वाधिक पोलिसी बिक्री गर्न सफल भएको उनी बताउँछिन् । अभिकर्ता जहिल्यै बीमितसमक्ष इमानदारि हुनुपर्ने र यथार्थमा रहेर बीमा बिक्री गर्नुपर्ने उनको भनाई छ ।  

Bizshala
New Office
CG Motors

‘बीमितसमक्ष बीमा बिक्री गर्दा कम्पनीको बोनसदर, पोलिसीको विशेषता जस्ता कुराहरु सत्य भन्नुपर्छ, बीमितलाई झुटो आश्वासन दिलाएर बीमा गराउँदा पछि सरेण्डर हुने सम्भावना पनि रहन्छ’ उनले भनिन्, ‘बीमितलाई बीमाको महत्व बुझाउन सक्ने हो भने त्यति धेरै कन्भिन्स पनि गरिराख्नुपर्दैन ।’

जीवन बीमाको अत्यत्नै महत्व रहेको बताउँदै उनी अनावश्यक खर्च नगरी थोरै–थोरै रकम बचत गरेर भएपनि बीमा गर्न सबैलाई सुझाव दिन्छिन् ।

‘हामीले आफूलाई पनि माया गर्ने गरौं, जति सक्छौं त्यति रकम बचाएर भएपनि बीमा गर्ने बानि बसालौं’ उनले भनिन्, ‘भविष्यमा आइपर्ने आर्थिक जोखिम भार बहन गर्न जीवन बीमा नै उपयुक्त माध्यम हो ।’

Garima Development Bank
Shivam Cement
IME remit

सन् २०२५ का लागि एमडिआरटी योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्छ । यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ । टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X