आईतवार, जेष्ठ ३,२०८३ 03:22:53
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:22:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्तामा सरकार ढल्ने चिन्ता, भन्छन ‘ठूला खेलाडी नै संकटमा ! ’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्तामा सरकार ढल्ने चिन्ता, भन्छन ‘ठूला खेलाडी नै संकटमा ! ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज राजधानीका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य देखिन्थ्यो । केही लगानीकर्ताहरुलाई वार्षिक साधारण सभामा भ्याइ नभ्याइ देखिन्थ्यो । धेरै कम्पनीहरुको साधारण सभा पनि चल्दै गरेको र बजार पनि साइडवेज चलेको कारण होला ब्रोकरहाउसहरुमा लगानीकर्ताको उपस्थिति खासै देखिदैनथ्यो ।  

आज मध्यान्हमा टिएमएसमा आएको सामस्याका कारण ब्रोकर हाउस र सामाजिक सञ्जालमा लगानीकर्ताहरुको आक्रोश देखिन्थ्यो । आज हामीले ज्ञानेश्वरस्थित सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) बाट ग्राउण्ड जिरोको यात्रा सुरुवात गरेका थियौं ।  

यस ब्रोकरमा लगानीकर्ताको उपस्थिति ठीकै देखिन्थ्यो । बिहान सत्रको सुरुवातदेखि नै आज बजार घट्ने क्रम सुरु भएको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राम्रै लाभांश दिएको प्रतिक्रिया दिए । अर्का एक सेतो क्याप लगाएका लगानीकर्ताले पछाडीको सिटबाट भने, ‘यो बजारमा जान्दै जानिएन साथिहरु । अहिले त यो बजार मलाइ रहेनछ जस्तो लाग्दै छ । किन्यो कि फस्यो ।’ उनी सँगै बसेका लगानीकर्ता उनलाई सान्तवना दिँदै भने, ‘हाम्रो अवस्था पनि त्यस्तै छ पीर नलिनुहोस् साथि ।’

यस बेलासम्म दिनको १२ बज्दै थियो । यत्तिकैमा ब्रोकर हाउसमा टिएमएसले काम गर्न छाडेको हल्ला फैलियो । यसै विषयलाई जोड्दै एक लगानीकर्ताले टिएमएस बिगारेर बजार घटाउने खेल भएको प्रतिक्रिया दिन भ्याए । बजार एकहोरो घट्दै थियो । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले भने सरकार ढल्ने हल्लाले बजार माथि जान नसकेका दाबी गर्दै थिए । केही लगानीकर्ताले सरकार ढल्ने हल्ला कित्ता खोस्ने दाउ पनि हुन सक्ने आँकलन गरे ।  

Bizshala
New Office
CG Motors

यहाँबाट हामी चारखालस्थित क्यापिटल म्याक्स सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यो । यहाँ पनि लगानीकर्ताको उपस्थित सामान्य थियो । यस ब्रोकरमा केही युवा लगानीकर्ता पनि भेटिन्थे । यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजारमा ठूला भनेका खेलाडीनै संकटमा पर्दै गरेको पनि चर्चा गरे । ती लगानीकर्ताले थप्दै भने, ‘खेलाडीलाई ठूला व्यापरिक समूहले पैसा र पोर्टफोलियो फिर्ता मागे रे ! अब बजार यस्तै हुन्छ भन्न गाह्रो छ । यस ब्रोकरमा भेटिएका लगानीकर्ताहरु पनि बजारप्रति खासै सकारात्मक देखिएनन् ।  

यहाँबाट हामी कमलादीमा रहेको क्रियटिभ सेक्यूटिज (स्टक ब्रोकर नम्बर ४०) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति शुन्य नै थियो । यहाँ केही समय हामीले ब्रोकर सञ्चालकसँग पनि भलाकुसारी गर्यो । ब्रोकर सञ्चालकले बजार घट्नु पछि खासै कारण नभएको र घट्दो बजारमा थोरै–थोरै किन्न सल्लाह दिए ।  

यहाँबाट हामी कमलादी चोकमा नै रहेको श्रीहरी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५६) मा पुग्यौं । यस ब्रोकरमा केही  लगानीकर्ताहरु घाम तापेर बजार हेर्दै मस्त देखिन्थे । केही भने बजार किन घटेको भनेर अन्यौलतामा देखिन्थे। यत्तिकैमा एक लगानीकर्ताको फोन आयो । उनीसँगै बसेका लगानीकर्ताले सोधे, ‘सरकार हेरफेर हुँदै हो र?’  

Garima Development Bank
Shivam Cement
IME remit

उनीलाई जबाफ दिँदै सँगै बसेको लगानीकर्ताले भने, ‘अहिले नै सरकार केही हुन्न ढुक्क सेयर किन्नुहोस् ।’ साथिले यसो भन्दै गर्दा ती लगानीकर्तालाई उनको भनाईप्रति खासै विश्वास लागेन । उनले भने, ‘एक पल्ट ब्रोकर सञ्चालकलाई सोध्नु पर्यो । बजार कति घट्ने रहेछ ?’ ब्रोकर सञ्चालकबाट जवाफ आयो, ‘खासै नराम्रो केही छैन, बजार २६ सय विन्दुबाट तल जाँदैन । अब ८ अंक घटेपछि बजार फर्किहाल्छ । यस बेलासम्म दिनको साढे २ बजिसकेको थियो । ब्रोकर हाउसहरुमा यस्तै माहोल चल्दै थियो । हामीले भने साताको लागि ग्राउण्ड जिरो यही नै टुङ्ग्याउने निर्णय गरयौं ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.