मंगलवार, माघ २०,२०८२ 07:59:39
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 07:59:39
Bizshala
Global IME Bank Limited
Bizshala

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने
Shivam Cement

काठमाण्डौ । आज देशभर मकर सङ्क्रान्ति,माघी वा माघे संक्रान्ति पर्व मनाइदैछ । यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने गरिन्छ । माघे÷मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ ।  

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ुमकर संक्रान्तिु पनि भनिएको हो । सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ ।  

Bizshala
Garima Development Bank
New Office

ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी पनि होइने उल्लेख छ। माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न९सुठुनी०, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । आजका दिन देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्ने भक्तजनको ठूलो भिड लाग्ने गर्दछ। शिशिर ऋतुमा पर्ने यस माघे संक्रान्ति पर्वमा शरीर शुद्ध पारी घिउ, चाकु र तिल तथा खिचडीको सेवनले शरीरमा गर्मीको मात्रा बढाएर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास रहेको छ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यासेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई ,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

आज माघे सङ्क्रान्ति पर्वमा अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यसर्थ आज विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.