सोमबार, असार २,२०८२ 02:49:56
  • सोमबार, असार २,२०८२ 02:49:56
Global IME Bank Limited

गोर्खाज फाइनान्स २५.९८ लाख घाटामा, रिटेन्ड अर्निङ ४७.१५ करोडले ऋणात्मक

Hyundai Nepal
गोर्खाज फाइनान्स २५.९८ लाख घाटामा, रिटेन्ड अर्निङ ४७.१५ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि १९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले ८ करोड ३० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । यो अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ३२ करोड ९४ लाख रुपैयाँबाट घटेर १० करोड २० लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा ९७ करोड २१ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ९४ करोड १७ करोडमा खुम्चिएको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ६ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १५६.०८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१७.८३ रुपैयाँ र तरलता अनुपात ३४.२७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.