मंगलवार, जेष्ठ ५,२०८३ 04:44:49
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:44:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल चेम्बर अफ कमर्सद्वारा भन्सार अधिकृत गोपालप्रसाद भट्टराई सम्मानित

Laxmi Sunrise Bank Limited
नेपाल चेम्बर अफ कमर्सद्वारा भन्सार अधिकृत गोपालप्रसाद भट्टराई सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई उत्कृष्ट भन्सार सेवा तथा व्यापार प्रवर्धनमा पु¥याएको योगदानको लागि सम्मान गरेको छ । भन्सार विभागको सिफारिसमा गरिएको यो सम्मान भट्टराईको सेवाप्रतिको उत्कृष्ट प्रतिबद्धतालाई दर्शाउने चम्बर अफ बमर्सले जनाएको छ ।

 सम्मान समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्सार प्रशासन सुधार गर्दै व्यापार सहज बनाउनु आवश्यक रहेको बताए । उनले भन्सारमा प्रचलित सन्दर्भ मूल्यांकन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कारोबार मूल्यांकन प्रणालीमा रूपान्तरण गर्नुपर्ने र कर निर्धारणको स्पष्टता बढाउन हर्मोनिक कोडको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरका छन् ।

Bizshala
New Office
CG Motors

चेम्बरका पूर्व अध्यक्ष राजेन्द्र मल्लले भन्सार व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै अवैध व्यापार नियन्त्रण गर्न जोड दिए । वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले भन्सारको मूल्यांकन प्रक्रियामा देखिएका समस्याहरू औंल्याउँदै कारोबार मूल्यलाई प्राथमिकता दिँदा राजस्व संकलन वृद्धि गर्न सकिने धारणा राखेका थिए ।

अर्थसचिव रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रको सहकार्यद्वारा नीति सुधारलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै वर्तमान नीति तथा कानूनी चुनौतीहरू समाधान र व्यापारमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल चेम्बर अफकमर्सले यस्ता सम्मान कार्यक्रममार्फत भन्सार प्रशासनमा पारदर्शिता र दक्षता बढाउँदै आर्थिक वृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता दोहो¥याएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.