शनिबार, जेष्ठ २,२०८३ 05:46:48
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:46:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ एआई फिचर्सका बाबजुत आईफोनको बिक्री घट्यो

Laxmi Sunrise Bank Limited
नयाँ एआई फिचर्सका बाबजुत आईफोनको बिक्री घट्यो
Shivam Cement

काठमाण्डौ । एप्पलले आफ्ना स्मार्टफोनहरुमा नयाँ एआई फिचर्सहरु उपलब्ध गराएता पनि आईफोनको बिक्रीमा कमी आएको छ । सन् २०२४ मा आईफोनको बिक्री गत अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेको छ ।  

गत वर्ष कम्पनीले ६९.१ बिलियन डलरबराबरको आईफोन बिक्री गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले नयाँ एआई फिचर्स जारी भएसँगै उपलब्ध देशहरुमा भने आईफोनको बिक्रीमा बढोत्तरी आएको बताएका छन् । आईफोनको एआई फिचर्स अमेरिका लगायतका देशहरुमा उपलब्ध छ ।  

एप्पलले यतिबेला बिक्रीमा कमीका साथै अन्य विभिन्न चुनौतिहरुको समेत सामना गरिरहेको छ । चीनमा कम्पनीको बिक्री घटिरहेको छ । यस्तै डोनाल्ड ट्रम्पले दिएको भन्सार शुल्क वृद्धिको धम्किले अमेरिकामा कम्पनीको बिक्रीमा समेत प्रभाव पर्ने देखिन्छ ।  

Bizshala
New Office
CG Motors

ट्रम्पले चीनमा निर्मित वस्तुहरुमा ६० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने बताउँदै आएका छन् । एप्पलले आफ्नो अधिकांश उत्पादन चीनमा गर्ने गर्छ ।  

तर अमेरिका भित्रिने आयातमा लगाइने नयाँ कर र समयका बारेमा भने अझै अनिश्चतता रहेको छ । टिम कुकले लगानीकर्तालाई यस विषयलाई कम्पनीले नजिकबाट नियालिरहेको बताएका छन् ।  

एप्पलले गत वर्षदेखि विस्तारै आफ्नो प्रडक्टहरुमा एआई फिचरलाई समावेश गर्दै आईरहेको छ । यसले कम्पनीको बिक्रीमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरुको विश्वास रहेको छ ।  

कुकले आगामी अप्रिलमा एआई फिचरलाई अन्य भाषाहरुमा समेत उपलब्ध गराइने बताएका छन् । यद्यपी एआई फिचर्स विवादरहित भने रहेको छैन । यसमा विभिन्न समस्या र गलत सूचना दिइएको जस्ता विषयहरु बाहिर आईरहेका छन् । अमेरिकामा भएको आगलागीका विषयमा एआईको विश्वसनियतामाथि प्रश्न उठेको थियो । चर्को आलोचनापछि कम्पनीले एक साताको लागि यो फिचर बन्द गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यद्यपी कुकले पहिलेदेखि नै आईफोन चलाईरहेका व्यक्तिहरुबाट रेकर्डतोड मात्रामा आईफोन खरिद भईरहेको बताएका छन् ।  

एप्पलले कम्पनीको समग्र बिक्री भने ४ प्रतिशतले बढ्दै १२४.३ बिलियन डलर पुगेको जनाएको छ । कम्प्युटर बिक्री र सर्भिस बिजनेशमा आएको वृद्धिका कारण कम्पनीको समग्र बिक्रीमा वृद्धि आएको हो ।  

यस्तै कम्पनीको नाफा ७ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ३६.३ बिलियन डलर नाफा आर्जन गरेको छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.