आईतवार, असार ८,२०८२ 08:20:53
  • आईतवार, असार ८,२०८२ 08:20:53
Global IME Bank Limited

नेप्सेमा अब आउने नयाँ सीईओ पूँजीबजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने कर्मचारी संघको माग

Hyundai Nepal
नेप्सेमा अब आउने नयाँ सीईओ पूँजीबजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने कर्मचारी संघको माग
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)कर्मचारी संघले नयाँ आउने प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूँजी बजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने माग राखेको छ । नेप्से कर्मचाखरी संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग राखेको हो ।  

नेप्सेका हालका सीईओ कृष्ण बहादुर कार्कीको कार्यकाल यही माघ २५ गते समाप्त हुँदैछ । कार्कीको कार्यकाल सकिदै गर्दा नेप्से कर्मचारी संघले अब नेपाल सरकारबाट नियुक्त हुने सीईओ कस्तो हुनुपर्ने भन्ने बारे माग गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

संघले नेप्से संस्था स्वयंको पुनर्संरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने/गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अध्यावधिक गराउने लगायतको चुनौतिपूर्ण अवस्थाबाट अगाडी बढीरहेको जनाएको छ । यसर्थ समग्र पूँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नका लागि पूँजीबजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको संघले औल्याएको छ ।  

नेपाल सरकार अर्थमन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत पूँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न÷गराउन सक्ने व्यक्तीलाई छनोट गरी पठाउन संघले माग गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.