आईतवार, असार १,२०८२ 11:42:03
  • आईतवार, असार १,२०८२ 11:42:03
Global IME Bank Limited

सस्तोमा सुन बिक्री गर्ने स्किम बन्द गर्दै भारत सरकार

Hyundai Nepal
सस्तोमा सुन बिक्री गर्ने स्किम बन्द गर्दै भारत सरकार
Nabil Bank Limited

काठमाण्डौ । भारत सरकारले सस्तो सुन बिक्री गर्ने स्किम बन्द गर्ने भएको छ । सुनको मूल्य आकाशिएसँगै भारत सरकारले ‘सोभरेन गोल्ड बोन्ड स्किम’ अर्थात एसजीबी स्किम बन्द गर्न लागेको हो ।  

यसको संकेत भारतकी वित्तमन्त्री निर्मला सीतारमणले दिएकी छन् । सीतारमणलाई यसबारे गरिएको प्रश्नमा उनले यस विषयमा कुरा भईरहेको बताइन् । हालै सार्वजनिक भएको भारतको बजेटमा भने यस विषयमा कुनैपनि घोषणा भएको थिएन ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एसजीबी स्किम बन्द गर्ने तयारीलाई त्यहाँको आर्थिक मामिला विभागका सचिव अजय सेठले पुष्ठि गर्दै गोल्ड बोन्ड स्किम सरकारका लागि धेरैनै महङ्गो साबित भईरहेको र सरकारले अब नयाँ किस्ता जारी नराख्ने निर्णय गरेको बताए ।  

यो स्क्मिको सुरुवात सन् २०१५ को नोभेम्बरमा भएको थियो । यो योजनामार्फत सरकारले मानिसहरुलाई बजारको भन्दा कम मूल्यमा सुनमा लगानी गर्ने विकल्प दिने गर्दथ्यो । यसका साथै अनलाइन  खरिदमा भारु ५० प्रतिग्रामको छुट पनि दिइन्थ्यो ।  

यस्तै २.५ प्रतिशतको निश्चित ब्याज पनि दिइन्थ्यो । यो योजनााका मार्फत परिवारका प्रत्येक सदस्यले अधिकतम ४ किलो सुन खरिद गर्न सक्छन् । सोभरेन गोल्ड बोन्डको म्याच्युरिटी अवधि ८ वर्षको हुन्छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.